लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय सरकारसँग स्वास्थ्य र शिक्षामा सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् । उनले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने भन्दै त्यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि जानुको विकल्प नभएको बताए ।बुटवल उपमहानगरपालिकालाई नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्