नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धन विरोधी गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । सभापति खनालले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र गराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।सभापति खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ– ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै