तनहुँका ३२ जना कोरोना संक्रमणमुक्त

तनहुँ : तनहुँका ३२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा रहेका उनीहरु आइतबार साँझ डिस्चार्ज भएका हुन्। स्वास्थ्य कार्यालय तनहुँका अनुसार उनीहरुको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनेहरुमा व्यास र भानु नगरपालिका, ऋस...

सम्बन्धित सामग्री

थपिए ३३ जना कोरोना संक्रमित, ८९ जना संक्रमणमुक्त

चैत २१, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्  । मन्त्रालयकाा अनुसार हाल मुलुकभर ८४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ८०६ जना होम आईसोलेशनमा रहेका छन् भने ३६ जना संस्थागत आईसोलेशनमा रहेका छन् । विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको  मृत्यु भने भएको छैन ।

काठमाडौँ उपत्यकामा थपिए १५४ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाले ज्यान गुमाएका छन्। शुक्रबार २१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल […]

मोरङमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशको मोरङमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये पनि विराटनगर महानगरपालिकामा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १/१ गरी कूल ९५ जनामा संक्रमण देखिएको छ । संक्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा मंगलवारै १७ महिलासहित ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ महिलाको मृत्यु भएको मन्त्रालयले जनाए...