पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशको मोरङमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये पनि विराटनगर महानगरपालिकामा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १/१ गरी कूल ९५ जनामा संक्रमण देखिएको छ ।
संक्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा मंगलवारै १७ महिलासहित ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ महिलाको मृत्यु भएको मन्त्रालयले जनाए...