समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । शर्मासहित कांग्रेसका नेताहरु सवा बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् । साढे चार बज्न लाग्दा पनि एमाले, माओवादी लगायतका दल भने बन्द सूची बुझाउन अझै आयोग पुगेका छैनन् ।