सीसीटीभी फुटेज डिलिट प्रकरणः एमालेका ४ नेता भन्छन्, ‘अर्थमन्त्रीको राजीनामा हाम्रो बटमलाईन’

नेकपा एमालेका नेताहरुले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज डिलिट गरेर गम्भीर अपराध गरेको आरोप लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले जेठ १४ गते राती अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दरहरु हेरफेर गराएको समाचार सार्वजनिक भएपछि उपभोक्ता हित संरक्षण मञ्चले उक्त रातको सीसीटीभी फुटेज माग गरेको थियो । तर, मन्त्रालयले आइतबार उपभोक्ता हित संरक्षण मञ्चका जयप्रसाद पौडेललाई पत्र पठाउँदै फुटेज डिलिट भएको जनाएको थियो । त्यसपछि एमालेका नेताहरुले अर्थमन्त्री शर्माले गम्भीर आर्थिक अपराध गरेको आरोप लगाएका हुन् ।नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थमन्त्रीले जेठ १४ गते राती बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिएको पुष्टि गरेको बताए ।‘अर्थमन्त्रालयले कार्यविधिविपरित सीसीटीभी फुटेज डिलेट गरेको कुरा आएको छ, अबको हाम्रो बटमलाइन भनेको अर्थमन्त्रीको राजीनामा हुनेछ’ भट्टराईले बिजपाटीसँग भने । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज डिलिट गर्न लगाएर गम्भीर आर्थिक अपराध गरेको आरोप लगाए । उनले आफूहरुले संसदमा पटक पटक यसबारे ध्यानाकर्षण गराईरहेको र आजको संसद बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीले नै थप कुरा राख्ने बताए । त्यस्तै नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अर्थमन्त्रालय नीजि घर जसरी चलाउने दुस्प्रयास अर्थमन्त्री शर्माले गरेको भन्दै उनले तत्काल राजीनामा दिनुपर्ने बताए । एमाले नेता एवम् स्थायी कमिटी सदस्य खगराज अधिकारीले फुटेज डिलिट गराएर अर्थमन्त्रीले आफूमाथि लागेको आरोप आफैँले पुष्टि गराएको बताए । उनले अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने बताए ।

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज पनि मेटाएको आरोप लगाउँदै युवासंघले काठमाडौँका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका […]

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको प्रदर्शन

२१ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ । मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? जुगाँ कालो मन, […]

जेठ १४ गते रातिको अर्थमन्त्रालयको सीसीटीभी फुटेज ल्याउन एमालेको माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् । जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिले भनेको आधारमा करमा हेरफेर गरिएको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् । मंगलबार प्रतिनिधि सभामा एमालेले अर्थमन्त्रीको राजीनामा मागेको छ । साथै उसले संसदीय छानविन समिति बनाउन माग गरेको छ । छानविन समितिबाट अर्थमन्त्रीलाई...