काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् । जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिले भनेको आधारमा करमा हेरफेर गरिएको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् ।
मंगलबार प्रतिनिधि सभामा एमालेले अर्थमन्त्रीको राजीनामा मागेको छ । साथै उसले संसदीय छानविन समिति बनाउन माग गरेको छ । छानविन समितिबाट अर्थमन्त्रीलाई...