सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीको चाहनाअनुसार मन्त्रिमण्डल पुनर्गठन भएको छ । जसअनुसार समाजवादीका केही मन्त्री परिवर्तन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको हो । यो सँगै नेकपा समाजवादीभित्र मन्त्री हेरफेरको ‘लफडा’ अन्त्य भएको छ । तर, मन्त्री हेरफेरको विषय सार्वजनिक भएपछि समाजवादीमा देखिएको विवादको तुष भने बाँकी नै रहने देखिएको छ ।आइतबा