रुपन्देहीमा हत्या भएका व्यवसायी बसन्त पौडेल (बलु) को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनको पुस २१ गते देवदह २ ढेकावारमा रहेको आफ्नै सःमिलमा आगो तापेर बसिरहेका पौडेललाई ग्राहक बनेर मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेर भागेका थिए।