भारतको उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । प्रहरीका अनुसार उक्त हत्यामा संलग्न व्यक्तिहरू पत्रकारको कार्ड भिरेर आएका थिए । गोली हान्ने तीनै जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।