नेकपा एमालेका नेता भीम रावलले आफूसँग सल्लाह नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
समाचारबाट आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको थाहा पाएको र त्यस्तो हो भने आपत्तिजनक रहेको रावलले शनिवार ट्वीटरमार्फत भनेका छन् ।
त्यतिमात्रै होइन उनले टीके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने पनि उल्लेख गरेका छन् ।
‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका ल...