दाडको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि कालोमोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले सोमवार घोराहीमा बजारमा विरोध प्रदर्शन गरेका हुन । उनीहरुले दोषीलाई पक्