काठमाडौं : नेकपा एमालेले सातै प्रदेशका समानुपातिकको नाम पनि टुङ्ग्याएको छ। एमालेले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको अन्तिम नामावली शनिबार निर्वाचन आयोगमा बुझाएको छ।एमालेले प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशसभामा ७ जना सांसद् सिफारिससहित निर्वाचन आयोगमा नाम बुझाएको हो।समाजमा पछाडि पारिएका समुदायलाई राजनीतिको मूलधारमा ल्याउन संविधानले नै प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको हो। प