१७ जेठ, काठमाडौं । अर्थमन्त्रीले सांसदहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको भन्दै सत्तारूढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा बैठकमा गुनासो गरेका छन् ।
आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै जुम्लाका सांसद महत भावुक भए ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि …