बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान हुनुको सट्टा झन् जेलिँदै गएको छ । सञ्चालक परिषद् (सिनेट) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत पदाधिकारी हटाउन सकिने वैधानिक कानुनी बाटो रोज्नुको सट्टा स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान ऐनविपरीत १२ औं तहका अधिकृत डा. श्यामसुन्दर यादवलाई प्रतिष्ठानको प्रशासनिक र आर्थिक पक्ष हेर्न पठाएपछि समस्या झन् बढेको हो ।