काठमाण्डाै – पपुवा न्युगिनी (पीएनजी) सँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा नेपालले सम्मानजनक हार बेहाेरेकाे छ ।त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएकाे दुई सय ९३ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र बनाउन सक्याे । नेपालका लागि युवा ब्याटर राेहित पाैडेलले शतकीय पारी खेले । उनले एक सय सात बलमा एक सय २६ रन बनाए । यस्तै आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभ...