पर्वत : बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको जोखिम रहेको तथा भौगोलिक रूपमा पनि समस्यामा रहेको जिल्लाको जलजला गाउँपालिकामा नेपाली सेनाले नागरिकमैत्री हेलिप्याड निर्माण गरेको छ।नेपाली सेनाको नयाँ रणभीम गुल्म गोदाम ब्यारेक पर्वतका गुल्मपति सेनानी राजन पाण्डेका अनुसार नागरिक सैनिक सहकार्य अन्तर्गत विपद्, दुर्घटना लगायतका प्राकृतिक प्रकोपलाई लक्षित गर्दै जलजला गाउँपालिका–४ माझफाँट स्थित भवानीपानीको सार्वजनिक जग्गामा हेलिप्याड निर्माण गरिएको हो। ‘हेलिप्याड निर्माण कार्यले स्थानीय बासिन्दा