बूढानीलकण्ठ-१ मा अध्यक्ष लामासहित एमालेको प्यानलै विजयी, प्रमुखमा एमालेकै अग्रता

काठमाडौँ- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१ मा  नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन् । उनीसहित प्यानलै विजयी भएको छ ।  अध्यक्ष लामाले ८४५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवारले ४७४ मत ल्याए । त्यसैगरी नगर प्रमुखमा एमालेले अग्रता  बढाएको छ । ...

सम्बन्धित सामग्री

जिसस मकवानपुरमा गठबन्धनको प्यानलै विजयी

हेटौंडा – जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन्। हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्ष घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन्। वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ। बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन्। […]

ललितपुर महानगर २४ मा एमाले प्यानलै विजयी

ललितपुर महानगरको वडा नम्बर २४ अध्यक्ष सहित नेकपा एमाले प्यानलै विजयी भएको छ। एमालेका दिनेशजंग पाण्डेको १०६७ मत ल्याएर विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्यामहरि महर्जन ८९७ मत ल्याएर पराजित भएका छन्। वडा अध्यक्ष पाण्डे सहित अरु सदस्य समेत एमालेका प्यानलै निर्वाचित भएका छन्।

क्व्होलासोंथर गाउँपालिकासहित सबै वडामा एमाले विजयी

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गाउँपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडाध्यक्ष र  सदस्य सबैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।   गाउँपालिकाको अध्यक्षमा...

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सोमबार साँझ सम्पन्न भएको मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा रामपदारथ साह तेली ४ हजार ६६८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले ३ हजार २७१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षतर्फ कांग्रेसकै श्यामकला यादव ४ हजार ६१० […]

कास्की रुपा गाँउपालिकामा एमालेको प्यानल विजयी

कास्कीको रुपा गाँउपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्।...

झापा गाउँपालिका-२ मा कांग्रेसको प्यानलै विजयी

झापा : झापा गाउँपालिका वडा नम्बर २ पनि नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको छ। निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका नेत्रबहादुर खड्कालाई हराउँदै वडा अध्यक्षमा कांग्रेसका हिमालकुमार चौलागाईसहितको प्यानल निर्वाचित भएका हुन्। चौलागाईंले ९८० र खड्काले ७५९ मत ल्याएका छन्। त्यस्तै, खुल्ला सदस्यमा कांग्रेसका मोहनकुमार राजवंशी ८९१, राजकुमार काहार ८३४, महिला सदस्यमा कविता सोरेन ९४३ र दलित महिला सदस्यमा बाबरीदेवी परियार १०१३ मत ल्याएर निर्वाचित भएका छन्। यसअघि झापा १ मा कांग्रेसका

केपी ओलीकाे वडामा कांग्रेसको प्यानलै विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।

बारमा सत्ता गठबन्धनको प्यानलै विजयी (मत परिणामसहित)

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरे नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् । उनले काँग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक […]

नेपाल बारमा गठबन्धनको प्यानलै विजयी, एमाले पराजित

काठमाडौं, २५ चैत्र । नेपाल बार एसोसिएसनमा सत्तागठबन्धन निकट प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पुर्व अध्यक्ष समेत रहेका गोपाल घिमिरे बारको अध्यक्षमा विजयी भएका हुन् । घिमिरेले ४४ सय ३३ मतसहित उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई पराजित गराएका हुन् । अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । घिमिरेसहित सबै […]