कांग्रेसको पकड क्षेत्रमा जनमोर्चालाई अध्यक्ष छोडे, स्वतन्त्रबाट लेडर असन्तुष्ट कांग्रेसको प्यानलै विजयी

जेठ २ , बलेवा।  बागलुङ नगरपालिका वडा नं १२ मा कांग्रेसका असन्तुष्ट पक्षबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरूको प्यानलै विजयी भएको छ । नेपाली काँग्रेसको राम्रो पकड क्षेत्र मानिएको यस वडामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्मालाई अध्यक्ष सहित माओवादी केन्द्र र काँग्रेसले चुनावी तालमेल गरेका थिए । नेपाली काँग्रेसले गठबन्धनको हवला दिंदै राष्ट्रिय जनमोर्चालाई अध्यक्ष पद दिएपछि रुष्ट बनेका काँग्रेसका स्थानीय नेताले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।  गठबन्धनबाट उम्मेदवार बनेका जनमोर्चाका शर्माले १७८ मत ल्याउँदा कांग्रेसका असन्तुष्ट पक्षको नेतृत्व गरेर उम्मेदवारी दिएका कोपीलामणी  चापागाईले  १ हजार ३३८ मत ल्याएर विजयी भएका हुन । उनका निकटम् प्रतिद्वन्दी नेकपा एमालेका गुरुदत्त पाठकले ८०१ मत ल्याएका छन् । त्यस्तै यस वडाबाट मेयरतर्फ नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठले १ हजार ३५० मत पाएका छन भने उनका निकटतम प्रतिद्व्न्द्धी नेकपा एमालेका जनकराज पौडेलले ८३७ मत प्राप्त गरेका छन् ।