४ वटा वाणिज्य बैंकलाई मर्जमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा वाणिज्य बैंकलाई मर्जरको लागि शैदान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा  मर्जमा  जान तथा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ (बिओके) एक आपसमा मर्जमा जानलाई शैदान्तिक स्वीकृति प्रदान गरेको हो।मेगा बैंक र इन्भेष्टमेन्ट बैंकले जेठ २७ गते मर्जमा जाने सम्झौता गरेका थिए । सम्झौताअनुसार  मर्ज पछि बन्ने बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन्  । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। त्यस्तै ग्लोबल आईएमई बैंक र बिओकेले असार २  गते मर्जमा जाने सम्झौता गरेका थिए । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

सम्बन्धित सामग्री

आशा लघुवित्तले राष्ट्रउत्थान लघुवित्तलाई प्राप्ति गर्न सैद्धान्तिक सहमति पायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले जेठ २३ गते दुई कम्पनीबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो । यसअघि यी दुवै कम्पनीले संयुक्त रूपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीका सञ्चालक समितिका अधिकारीहरूले प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए । राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी रू. २५ करोड ९९ लाख  रहेको छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख रहेको छ ।

विजय लघुवित्त र नयाँ सारथी लघुवित्तले पायो मर्जरका लागि सैद्धान्तिक सहमति

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।  नेपाल राष्ट्र बैंकले चैत २ गते ती दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । ती दुई कम्पनीबीच गत मंसिर २६ गते मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नयाँ सारथी लघुवित्तको चुक्तापूँजी रू. ३० करोड ३३ लाख ९५ हजार रहेको छ भने विजय लघुवित्तको चुक्तापूँजी रू. ३२ करोड रहेको छ । नवलवरासीको गैंडाकोटमा राष्ट्रिय स्तरको विजय लघुवित्त वित्तीय संस्था र काभ्रेको धुलिखेलमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था रहेको छ ।

प्रभु र सेञ्चुरीको मर्जरमा राष्ट्र बैंकको स्वीकृति

नेपाल राष्ट्र बैंकले प्रभु र सेञ्‍चुरी बैंकको मर्जरलाई स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सैद्धान्तिक सहमति दिएको हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक एक्विजिसन गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो। एनबी बैंकको एक्विजिसनपश्चात् नबिल बैंक चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने भएको छ। […]

नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज हुँदै

काठमाडौँ– नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई आफूमा गाभ्न सैद्धान्तिक सहमति पाएको छ । आइतबार नेपाल राष्ट्र बैंकले नबिल बैंकद्वारा नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, […]

नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्न सैद्धान्तिक सहमति प्रदान

नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न नबिल बैंकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसनपश्चात् चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रुपमा स्थापित हुने नबिल बैंकले दाबी गरेको छ । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।एक्विजिसनपश

वोमी र सूर्योदय लघुवित्तको मर्जरका लागि राष्ट्र बैंकको सहमति

वोमी र सूर्योदय लघुवित्तको मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरका लागि कात्तिक १ गते सैद्धान्तिक सहमति दिएको हो ।काभे्रमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको वोमी र स्याङ्जामा केन्द्रीय कार्यालय रहेको सूर्योदय लघुवित्तले मर्जरपछि काठमाडौंमा केन्द्रिीय कार्यलय ल्याउने तयारी गरेको छन् । यसअघि वोमीमा दुई र सूर्योदयमा […]

वोमी र सूर्योदय मर्ज हुने पक्का, राष्ट्र बैंकले दियो स्वीकृति

२२ कात्तिक, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने पक्का भएको छ । प्रारम्भिक सम्झौता गरी स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका दुवै संस्थाहरुलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते, मंगलबार गाभिनेसम्बन्धी सम्झौतामा […]

इन्फ्रास्ट्रक्चर बैंक स्थापना गर्न सैद्धान्तिक सहमति

लामो समयको छलफल तथा विचार विमर्शपछि इन्फ्रास्ट्रक्चर बैंकले सैद्धान्तिक सहमति पाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।