नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलेको अवस्था रहेको बताएका छन् । इतिहास र शास्त्रमा कहिले राम र रावण, कहिले कृष्ण र कंस त कहिले कौरव र पाण्डवबीच विभिन्न समयमा सत्य र असत्यको लडाइँ चलेको भन्दै उनले अहिले भने परमादेशी र जनादेशी शक्तिबीचको लडाइँ लड्नुपर्ने अवस्था आएको बताएका हुन् ।