भारतीय नागरिक बसमा मृतावस्थामा फेला

पर्सामा दुईजना मृतावस्थामा फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन्  । इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका–४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको र निजका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामा नै नारायणी अस्पतालमा उपचारमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला...

सम्बन्धित सामग्री

५० हजार लिएर मियाँको हत्या गरेको खुलासा

पर्सा– पर्सामा मृत फेला परेका मुख्तार मियाँको हत्या भएको खुलेको छ । वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा गत २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक मियाँको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । आपसी झगडामा मियाको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भारतको बिहार राज्य वैशाली […]

पटाकासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित आज प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ । हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  नगरकोटी मृत भेटिएयता काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा नाखनटोलका ४९ वर्षीय लक्ष्मण नगरकोटी आज मृतावस्थामा फेला परेका छन् । सोही ठाउँमा धान उठाउन गएका उनी राति घर नआएपछि खोजी