काठमाडौं : पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा संक्रमित भएका गर्भवती महिलाहरू उपचार सेवा लिन जाने संख्या बढ्दै गएको छ।अस्पतालको विवरणअनुसार एक सातामा ९० जना कोरोना संक्रमित गर्भवतीले उपचार सेवा लिएका छन्।एक हप्तामा कोभिड–१९ संक्रमण भएका ९० जना गर्भवती कोभिड युनिटमा भर्ना भएका अस्पताल निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठले बताए। उनका अनुसार ३ देखि ९ माघसम्म ९० जना गर्भवती कोभिड–१९ युनिटमा भर्ना भएका हुन् ।९० गर्भवतीमध्ये ५४ जना प्रसू