कालीगण्डकीले पार गर्‍यो खतराको तह, बेनी बजार कटानको जोखिममा

काठमाडौं : कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान गरेको छ। कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको हो। केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन्। अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत…

सम्बन्धित सामग्री

समयमै तटबन्ध नहुँदा कटानको जोखिममा बेनीबजार

म्याग्दी-कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको बहावले […]

समयमै तटबन्ध नहुँदा कटानको जोखिममा बेनीबजार

म्याग्दी– कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको […]

कालिगण्डकीमा तटबन्ध बनाउन ढिलो गर्दा बेनीबजार जोखिममा

म्याग्दी : गत वर्षको असार १ गते कालिगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि असुरक्षित बनेको बेनी बजार संरक्षणका लागि कुनै पहल भएको छैन। तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा छ। बेनी नगरपालिका– ७ म्याग्दी जेसिजको भवन नजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन।कालिगण्डकी नदीको बहाफले म्याग्दी जेसिज भवन नजिक ग्याविङ भत्काएको क्षेत्रमा यो वर्ष तटबन्ध निर्माणका लागि ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी कटानको जोखिम रहेको वडा नम्बर ७ का अध्यक्ष

म्याग्दी नदी नियन्त्रणको काम अलपत्र, स्थानीय बाढी, पहिरोको जोखिममा

नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका ७ स्थानमा नियन्त्रणको काम अझै शुरूआत नहुँदा स्थानीय चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर–३ दूधेखोला, वडा नम्बर–४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणका लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन । कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने शुरू भएको छ तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयले गु...

काली गण्डकीको कटानको जोखिम

कालीगण्डकी नदीको कटानको जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार । नदी नियन्त्रण योजना निर्माण सुरु गर्न ढिलाई हुँदा कटानको जोखिम बढेको छ । तस्वीर : रासस

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

म्याग्दी । कालीगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा भएको ढिलासुस्तीले म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।  हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छैन । नदी नियन्त्रण योजनामा भएको ढिलाईले बेनीको कालीपुल, गणेशटोल, संगमचोक र...

नदी कटान नियन्त्रण नहुँदा स्थानीयवासी चिन्तित

म्याग्दी । मध्य हिउँद लाग्दासमेत म्याग्दीको नदी कटानको जोखिमयुक्त क्षेत्रमा नियन्त्रणको काम शुरू भएको छैन । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीले तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको काम शुरू भएको छैन । कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । बजेट विनियोजन भएको केही पनि नदी नियन्त्रण योजनाको काम शुरू नभएको हो । गत बर्खामा बाढीले जिल्ला सदरमुकाम बेनीमा कालीगण्डकी, बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा कटान गरेको थियो ।      रूपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजना र मालिका गाउँपालिकाले ठेक्का लगाएको दरबाङ बजार संरक्षण योजनाको काम सुरु भएको छैन । ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी नियन्त्रण जस्तो संवेदनशील योजना निर्माणमा ढिलाइ भएको मालिका–६ दरबाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।      ‘हिउँदमा नदीको सतह घटेको समयमा काम हुँदैन, बर्खा लागेपछि काम शुरू हुन्छ,’ उनले भने, ‘गतवर्ष भएको ढिलासुस्तीले निर्माणाधीन पर्खालमा क्षति पुर्‍याएको घटना यसपालि नदोहोरिएला भन्न सकिँदैन ।’ प्राकृतिक उपचारस्थलका रूपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि बजेटको समेत व्यवस्थापन नभएको स्थानीय कुमार केसीले बताए । गत असारमा नदी कटानबाट दुईओटा घर भत्किएका र १५ परिवार विस्थापित भएका छन् । दुई सय घर कटानको जोखिममा छन् ।      सरस्वती मावि र ज्वालामाई भगवती आमा समूहको भवनसमेत कटानको जोखिममा छ । तत्कालै नियन्त्रणको काम शुरू नगरे आउने बर्खामा म्याग्दी नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । बेनी नगरपालिकाको सहयोगमा नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापनको पहल गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी गरेको उनको भनाइ छ । यसैगरी बेनी–२ बगरफाँटमा पनि नदी कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन नहुँदा जोखिमको चिन्ता बढेको स्थानीयवासी नारायण कार्कीले बताए ।

पहिरो र नदी कटानको जोखिममा म्याग्दीको बगरफाँट

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ पहिरो र नदी कटानको जोखिममा पर्दै गएको छ । २०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न शुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा म्याग्दी नदीको कटानबाट वर्षेनि त्रसित हुने गरेका छन् । म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् । ‘गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ,’ बगरफाँटका ७६ वर्षीय डिलबहादुर घिमिरेले भने । म्याग्दी नदीको कटानका कारण बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय वुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । बेनी नगरपालिका–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उनको भनाइ छ । गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा संघबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ । तर, समस्याको समाधान नभएकाले यसले सदरमुकाम बेनी बजार समेत प्रभावित हुने अनुमान गरिएको छ । पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिरोका कारण गाउँको शिरानमा रहेको जंगल र बस्ती मासिने खतरा बढेको छ । पहिरोले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइ सरिसकेको स्थानीय कृष्ण रिजालले बताए । म्याग्दी नदीको कटान नियन्त्रणका लागि अहिलेसम्म करोडौं रुपैयाँ लगानी गरेर ग्याबिन पर्खाल लगाउने काम भए पनि त्यो प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ ।

तस्वीर : हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको यो बजार नदी कटानको जोखिममा रहेको छ । तस्वीर : रासस

बेनी बजार जोखिममा

सदरमुकाम बेनी बजार नदी कटानको जोखिममा परेको छ । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की तटबन्धको काममा ढिलाइले वर्षासँगै नगर जोखिममा परेको हो ।