काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनुभएको छ ।
ललितपुरको भैँसेपाटीमा सञ्चालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले सरकारी तवरमा श्रमिक पठाउन सञ्चालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसा गर्नुभयो ।
ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरूको गहिरो विश्वास रहेको मन्त्री श्र...