तुलसीपुरको मेयरमा एमालेबाट ६ जनाको नाम सिफारिस

३० चैत, दाङ । तुलसीपुर उपमहानगरको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका धेरै आकांक्षी देखिएका छन् । सहमतिमा एक जनाको नाम सिफारिस हुन नसकेपछि आकांक्षीहरूको नाम टिपोट गरेर माथिल्लो कमिटीमा सिफारिस गरिएको छ। अकांक्षी धेरै भएपछि तुलसीपुरको नगर कमीटीले प्रमुखमा छ  जना र उपप्रमुखमा पाँच जनाको नाम सिफारिस गरेको छ । नगरको प्रमुख पदमा हालकी उपप्रमुख […]

सम्बन्धित सामग्री

प्रतिशोध साँध्न मलाई बर्खास्त गरियो : रेणुका साह

३१ असार, काठमाडौं । उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेकी रेणुका साहले कानुनमन्त्री गोविन्द बन्दीमाथि प्रतिशोध साँधेको आरोप लगाएकी छन् । २५ असारमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालत, तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै पदबाट बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यस आधारमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले साहलाई […]

उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न न्यायपरिषदको सिफारिस

काठमाडौँ- उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न न्यायपरिषदले प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषदले उनलाई पदबाट हटाउन सिफारिस गरेको हो । उनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लागेका कारण यो सिफारिस कामू प्रधानन्यायधीश दिपककुमार कार्कीले कार्यान्वयन गर्ने बताइएको […]

चोलेन्द्रको बलमा न्यायाधीश भइन्, चोलेन्द्र निलम्बनसँगै बर्खास्त

सीटीईभीटीमा २० वर्ष कार्यरत रहँदा कानून र न्यायसँग सम्बन्धित काम नगरेको, अनि त्यो अवधिमा वकालत गरेको कुनै प्रमाण पनि पेश गर्न नसकेकाले आफ्नो अयोग्यता लुकाएको ठहरसहित न्यायपरिषदले उनलाई बर्खास्तको सिफारिस गरेको हो ।

एकीकृत समाजवादीबाट बुटवलको उपप्रमुखमा गुरुङ र तुलसीपुरको उपप्रमुखमा राना

लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपप्रमुख पाएको छ। बुटवलको उपप्रमुखमा चिनबहादुर गुरुङ र  तुलसीपुरको उपप्रमुखमा जोग बहादुर रानामगरलाई सिफारिस गरिएको हो ।  गुरुङ पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष हुन्।  २०७४ सालको निर्वाचनमा गुरुङ बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए। त्यस्तै तुलसीपुरको उपप्रमुखमा सिफारिस   राना मगर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज छन्।