नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ ।
चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डाक्टर मिता सिहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि पत्रकारले राखेका जिज्ञासाको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।
स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने उहाँको भनाइ छ । संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्ने मा जोड दिनुभएको छ ।