अमेरिकाले इरानका सर्वोच्च नेता अली खमेनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको छ ।
एनबीसी न्युजले शनिवार सूत्रहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, ट्रम्प प्रशासनले खमेनी तथा इरानका अधिकारी र सैन्य कमान्डरविरुद्ध लगाएको प्रतिबन्ध हटाउनका लागि अभ्यास भइरहेको छ ।
भिएनामा अमेरिका र इरानका वार्ताकारले यस विषयमा चर्चा गरेका थिए । अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा पुनः फर्काउने पहलअन्तर्गत प्रतिबन्ध हटाउने तयारी गरिएको हो ।
इरानले आणविक सम्झौताका नियमलाई पालन गर्ने आशा अमेरिकाले ग...