श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

झापा : ४५ वर्षीया श्रीमती कल्पना पोखरेल (बस्नेत)को हत्या गरेको अभियोगमा उदयपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-८ नयाँखसी बजार बस्ने ३३ वर्षीय मनोज बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कर्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। अनुसन्धानको क्रममा बस्नेतले कल्पनालाई ४ दिन अगाडी आफ्नै घरमा हत्या गरी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा खाली चौरमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

झापाको दमकमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

चितवन : चितवनमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरपालिका–६ अमरबस्ती बस्ने २५ वर्षीय साजन महतो रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साजनकी २२ वर्षीया श्रीमती अम्बिका महतो आफ्नै घर छेउमा घाइते भई लडिरहेको अवस्थामा मंगलबार बिहान आफन्तले देखी उपचारका लागि भरतपुर अस्पताल लगेकोमा मृत्यु भइसकेको भनी चिकित्सकले जानकारी दिएका थिए।प्रहरीले श्रीमान् साजनलाई हत्याको आशंका गरी नियन्त्रणमा लिएको र अनुसन्धानको क्रममा उनीहरूबीच झगडा भएको, मृतक अम्बिक