राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित, सपथ भोलि

२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन । तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ …

सम्बन्धित सामग्री

संसदीय राजनीतिमा फर्केलिन् त विद्यादेवी भण्डारी ?

काठमाडौं, ३० फागुन । मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी विद्यादेवी भण्डारी झण्डै ७ वर्ष ४ महिना देशको राष्ट्रपतिको रूपमा  रहिन् । उनी दुई कार्यकाल (२०७२ कार्तिक १२ र २०७४ फागुन २९) मा भएको राष्ट्रपति निर्वाचनमा विपक्षी उम्मेदवार कूलबहादुर गुरुङ र कुमारीलक्ष्मी राईलाई हराउँदै राष्ट्रपति निर्वाचित भएकी थिईन्  । गत फागुन २५ गते भएको […]

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने

दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने भएकी छन्।हुने टुकी प्रदर्शनीको उदघाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बिहान ९ः३० बजे  दोलखा आउने छिन्। ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकी सदस्यहरूसँग साक्षात्कार गर्न उनी दोलखा आउन लागेको संस्थाका कार्यकारी निर्देशक पुर्षाथ श्रेष्ठले जानकारी दिए।प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनि

राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथमा (लाइभ)

राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथको दर्शन गर्न मुस्ताङ पुगेकी छिन् । शुक्रबार बिहान उनी त्यहाँ पुगेकी हुन् । ...

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज

त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शनिबार अस्पताल भर्ना भएकी राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण देखिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छिन् । हिजोदेखि स्वास्थ्यमा समस्या आएपछि उनी आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । राष्ट्रपति भण्डारीको सचिवालयले जनाएअनुसार उनलाई अहिले रुघा खोकी र ज्वरो आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार स्वदेश फर्किनु भएको छ । मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा दुवै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गर्नुभएको छ । जसमा पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी समझदारी भएका छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको बताउनुभयो । यस्तै उर्जा व्यापारको लागि द्धिपक्षीय सहकार्यलाई अघि बढाउने, द्धिपक्षीय व्यापारको प्रबद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रहरुको विकासको लागि दुवै देशको सम्भावत्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने विषयहरुमा छलफल भएको पनि बताउनुभयो । नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापार वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार एवं अन्तरदेशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालहरुको विकास गर्ने लगायतका विषयमा समेत छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार ढाका प्रस्थान गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार अपराह्न स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद... The post राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता appeared first on Purbeli News.