उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी र नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी र नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिए ।चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उनको भनाइ छ । आफ्नो मात्र सातवटा चौँरी मरेको उनले बताए । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उनले जान