अनियमितता भएपछि काँग्रेस बाराको मतदान रद्द

काठमाडौँ । मतदानमा अनियमितता भएपछि नेपाली काँग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेतृत्व चयनका लागि शनिवार भएको मतदान पनि रद्द गरिएको छ । नेपाली काँग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो […]

सम्बन्धित सामग्री

काँग्रेस सह-महामन्त्री उपाध्यायले गरिन् मतदान

नेपाली काँग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले स्थानीय तह निर्वाचनमा मतदान गरेकी छिन् । गृह जिल्ला मकवानपुरको भिमफेदी गाउँपालिका मेलटार माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

काँग्रेस बागमती सभापति बानियाँले गरे मतदान

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा सभापति इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । उनले हेटौंडा–१८ स्थित दोभान चौरमा रहेको कमला आधारभूत विद्यालयमा पुगेर मतदान गरेका हुन् ।पूर्व गृह राज्यमन्त्री समेत रहेका बानियाँले विहान ८ बजे मतदान गरेका हुन् । उनले सम्पूर्ण मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन्

काँग्रेस धनुषा सभापति दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।विभिन्न तीन उम्मेदवारमध्ये काँग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादव ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका छन् । कुल मत २ हजार ९१२ मत खसेकोमा १५१ मत बदर भएको काँग्रेसका जिल्ला निर्वाच

काँग्रेस चितवनको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने

नेपाली काँग्रेस चितवनको सभापति पदको निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि मतदान दोस्रो चरणमा धकेलिएको हो । काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको ५१ प्रतिशत मत प्राप्त हुनु पर्ने हुन्छ ।काँग्रेस चितवनको सभापति पदका लागि संस्थापन र इतर पक्षका गरी ५ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका थिए । चितवन काँग्रेसको सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाब

काँग्रेस चितवनको सभापतिका लागि आज दोस्रो चरणको मतदान हुँदै

चितवन । नेपाली काँग्रेस चितवनको सभापति लागि आज (शनिबार) दोस्रो चरणको मतदान हुने भएको छ । शुक्रबार भएको पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि आज (शनिबार) पुन: मतदान हुने भएको हो । प्रतिस्पर्धामा रहेका ५ जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसारको ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् । शुक्रबार सम्पन्न भएकाे […]

काँग्रेस बाँकेमा नेतृत्वका लागि पुन : मतदान

राँझा । नेपाली काँग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि […]

काँग्रेस प्रदेश २ अधिवेशनमा मतदान सुरु

नेपाली काँग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान सुरु छ । विहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा मतदान सुरु भएको हो । प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए । त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए ।४ वटा बुथमा मतदान भइरहेको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ ।१९८० मतदाताले नयाँ नेतृत्व चय

काँग्रेस नेतृत्वका लागि मतदान सुरु

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ । पहिलो मत पाका नेता कुलबहादुर गुरुङले खसाले । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मत खसालेका छन् ।

काँग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान

नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस खोटाङको मतदान सुरु भएको छ । काँग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो ।काँग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ ।  काँग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । जिल

काँग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी

नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरु भएको हो । शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।