प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका महासचिव विप्लव लगायतका साना कम्युनिस्ट पार्टीलाई विरोधका नाममा अराजक गतिविधि नगर्न आग्रह गरेका छन् । उनले शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न विप्लवसँगको भेटमा आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । शुक्रबार बालुवाटारमा भएको भेटवार्तामा विप्लवले तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । जवाफमा देउवाले सरकार सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको भन्दै विरोधका कार्यक्रम शान्तिपूर्ण गर्न आग्रह गरेका थि