काठमाडाैँ- महिला हिंसाविरुद्ध शान्तिपूर्ण आन्दाेलन भएकाे छ। पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण आन्दाेलन गरेका हुन्। उनीहरूले पद्मकन्या क्यापसबाट माइतीघर हुँदै बानेश्वरसम्म आन्दाेलन गरेका हुन्। विद्यार्थीहरूले ‘महिलाविरुद्धकाे हिंसा अन्त्य गर’, ‘हामीलाई स्वतन्त्र देऊ, डर नदेऊ’, ‘घरेलु हिंसा बन्द गर’, ‘बलात्कारमा सहनशक्ति शून्य’जस्ता नारा लेखिएका पम्प्लेट बाेकेका छन्।