नेकपा एमाले मोरङका इञ्चार्ज विनोद ढकाल २०७४ सालको चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । चुनावमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले जिते । यसपालि पराजुली दोहोर्याउने पक्षमा छन् भने एमाले नेता ढकालचाहिँ मेयरमा नउठ्ने निर्णयमा पुगेका छन् । उनी मोरङबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजनामा छन् । ढकालको परिचय मेयरको पूर्वउम्मदेवारका रुपमा मात्रै छैन, उनी नेकपा एमालेका केन्द्रीय नेता एवं मोरङ जिल्लाका इञ्जार्चसमेत हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र मा