विराटनगर : ‘वर्षभरि खाने धान सबै पानीले सखाप बनायो,’ मोरङ कटहरी–४ का महाविर सिंहले खेततिर आँखा डुलाउँदै सुनाए।केही दिन अगाडि लगातार आएको बेमौसमी वर्षाका कारण उनको खेत डुबानमा पर्यो। काटेर खेतमा राखेको धान भिजेर उम्रन थाल्यो।काट्न बाँकी धान बालुवामा नै मिसिएको सिंहले सुनाए। उनले १६ कठ्ठामा धान लगाएका थिए। उनको धान खेती परिवारको भोक मेटाउने आधार थियो भने तरकारी खेती आयस्रोतको बाटो, त्यो पनि बाढीले बगाएको उनले गुनासो पोखे।‘सबै सखाप भयो, के गर्ने के नगर्ने