मेलिटोपोलका मेयरलाई ९ रुसी सैनिकको बदलामा रिहा गरियो : युक्रेन

 मेलिटोपोलका मेयर इवान फेडोरोवको रिहाईको विषयमा नयाँ खबर सार्वजनिक भएको छ जसमा उनको रिहाई ९ रुसी कैदीको बदलामा भएको बताइएको छ ।मेलिटोपोलका मेयरलाई रुसी सैनिकले बन्धक बनाएका थिए । उनलाई पाँच दिनपछि रिहा गरिएको सुरुमा बताइएको थियो ।युक्रेनको एक टेलिभिजनमा बोल्दै वोलोदिमिर जेलेन्स्कीका प्रेस सचिवले रुसी सैनिक १८ देखि १९ वर्षको भएको जानकारी दिए । उनका अनुसार यी सैनिकलाई रुसले आफ्नो सेनामा जबर्जस्ती भर्ना गरेका थिए ।मेयरको रिहाई अघि युक्रेनका अधिकारीले एक भिडियो जारी गरेका थिए जसमा इवान फेडोरोवक

सम्बन्धित सामग्री

रुसी विपक्षी नेता नभाल्नीलाई तत्काल रिहा गर्न ईयूको आग्रह

युरोपेली युनियन (ईयू) ले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ। ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरेका हुन्।    ‘सात दिनदेखि नभाल्नी बेपत्ता भएको अत्यन्त चिन्ताजनक छ’, ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्,‘रुसको राजनीतिक नेतृत्व उहाँको कारागारमा सुरक्षा र स्वास्थयका लागि जिम्मेवार छ, यसका ल

जापोरिज्जिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा

काठमाडौँ- युक्रेनको सरकारी आणविक संस्था इनर्गोेएटमका प्रमुखले दक्षिणी युक्रेनको रुसी कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा राखिएको बताएका छन् । प्रमुख पेट्रो कोटिनले एएफपीसँग भने, “फब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएदेखि प्लान्टका कर्मचारीबाट १५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ, तीमध्ये केहीलाई पछि रिहा गरिएको थियो, तर केही व्यक्तिहरूको […]

जापोरिजिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा

प्रमुख पेट्रो कोटिनले एएफपीसँग भने, 'फब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएदेखि प्लान्टका कर्मचारीबाट १५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ, तीमध्ये केहीलाई पछि रिहा गरिएको थियो, तर केही व्यक्तिहरूको अवस्था अज्ञात छ।'...

६ महिनामा हजारौं सैनिक मारिएपछि युक्रेनमा खुंखार कैदीहरूको सहयोगमा लड्दै रुस

युक्रेनी युद्धमा पछिल्लो ६ महिनामा हजारौं सैनिकको ज्यान लिने रुसले अहिले डरलाग्दा खुंखार कैदीहरुको सहयोगमा यो युद्ध लडिरहेको छ । रुसले कैदीहरूलाई युक्रेनमा युद्ध लडेमा जेलबाट रिहा गर्ने प्रस्ताव गरेको छ । रुसको यो योजना बन्दी र उनीहरुका आफन्तबीचको कुराकानीमा खुलासा भएको हो । यी मध्ये धेरै रुसी कैदीहरू युद्धको क्रममा घाइते भएका छन् र […]

युक्रेनमा युद्ध चलिरहेका बेला अमेरिका र रुसद्वारा बन्दी साटासाट

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिका र रुसबीचको सम्बन्ध चिसिरहेका बेला दुई मुलुकले बन्दी साटासाट गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार दुई मुलुकले बन्दी साटासाट गरेका हुन् । रुसले जेलमा रहेका अमेरिकी मरिन फौजका पूर्व सैनिक ट्रेभर रिडलाई रिहा गरेको र बदलामा अमेरिकाले पनि रुसी पाइलट कन्स्टन्टाइन यारोश्चेन्कोलाई रिहा गरेको हो । […]

युक्रेनी सेनाद्वारा चर्चित रुस समर्थक राजनीतिज्ञ पक्राउ

युक्रेनी सेनाले देशका चर्चित रुसी समर्थक राजनीतिज्ञलाई पक्राउ गरेको छ । विपक्षी नेता भिक्टर मेदवेदचुक देशद्रोहको आशंकामा केही दिनदेखि घरमै नजरबन्दमा थिए तर रुसले युक्रेनमा प्रवेश गरेपछि भागेका थिए। मेदवेदचुक युक्रेनका सबैभन्दा धनी व्यक्ति हुन् र उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले,रुसले बन्दी बनाएका युक्रेनीहरूलाई रिहा गरे  मेदवेदचुकलाई रिहा गर्न सक्ने […]

रुसी टेलिभिजनमा युद्ध विरोधी प्रदर्शन गर्ने पत्रकार रिहा

सरकार नियन्त्रित टेलिभिजनमा समाचार प्रशारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेकी तथा युद्ध विरोधी भिडियो बनाएकी रुसी पत्रकार रिहा भएकी छन् । उनी जरिवाना तिरेर रिहा भएकी हुन् । रुसको सरकार नियन्त्रित च्यालन १ की मारिना ओभ्सिएनिकोभाले सोमबार बेलुकाको समाचार प्रशारण भइरहेका बेला प्लेकार्डसहित प्रदर्शन गरेकी थिइन् । उनले रुसले युक्रेनमा गरिरहेको युद्धको विरोधमा भिडियो […]

रुसी युद्धबन्दीलाई आमाको जिम्मा लगाउने युक्रेनी प्रस्ताव

काठमाडौँ –  रुसको आक्रमणका कारण युक्रेनमा भीषण लडाइँहरू भइरहेका छन् । युद्धका क्रममा हजारौँको मृत्यु भइसकेको छ भने दुवै तर्फका धेरै सैनिक युद्धबन्दी बनेका छन् । कुनै पनि युद्धपछि युद्धबन्दीहरुको रिहाइ पेचिलो मुद्दा बनेर आउने गर्छ । अहिले युक्रेनले भने रुसी युद्धबन्दीलाई रिहा गर्ने विषयमा अनौठो प्रस्ताव अघि सारेको छ । युक्रेनको रक्षामन्त्रालयले रिहा हुने […]

रुसी राष्ट्रपति पुटिनका आलोचक विपक्षी नेता नभाल्नी पक्राउ, बाइडेनद्वारा निन्दा

काठमाडौं । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ। उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्। क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए। उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो। नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले उनको आरोप सही भएको बताएका छन् तर क्रेमलीनले त्यसलाई अस्वीकार गरेको छ। अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ। बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई जबाफदेही बनाउन पनि आह्वान गरे। अन्य पश्चिमा नेताहरूले पनि नभाल्नीको पक्राउको निन्दा गरेका छन्। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले नभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भनेका छन्। ‘म सही छु भन्ने मलाई थाहा छैन। मलाई कुनै डर छैन’ मस्कोको शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नु केही मिनेट अगाडि आफ्ना समर्थक तथा सञ्चारकर्मीलाई नभाल्नीले यसो भनेका थिए। यसअघि आइतवार उनको विमान उत्रिने भनिएको नुकोभो विमानस्थलमा अतिरिक्त दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो। कैयन् अन्य अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए। गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो। त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नभाल्नी बेहोस भएका थिए। उनलाई नोभिचोक नामक विष दिइएको पछि पत्ता लागेको थियो। रुसी अधिकारीहरूले सो घटनामा आफू जिम्मेवार नभएको बताउँदै आएका छन् भने नभाल्नीले चाहिँ राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा आफूलाई विष दिइएको भन्दै आएका छन्। बीबीसी