पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैंको टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नदिने भएका छन्। बाढीपहिरोबाट भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै बडादसैं सादगीपूर्वक मनाउने निर्णय गरिएको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ। सचिवालयले आइतबार जारी गरेको सूचनामा गत भदौमा हिमपहिरोका कारण आएको बाढी र असोजको अविरल वर्षाबाट भएको क्षतिका कारण यस्तो निर्णय गरिएको उल्लेख छ। विपद्बाट […]