ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने भएको छ ।
आगामी असोज ११ गतेबाट १३ गतेसम्म तीन दिनसम्म म्याराथन तथा महोत्सव सञ्चालन हुने भएकोे पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका तथा महोत्सब सञ्चालन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो । उहाँले जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचार प्रसार तथा पर्यटकीय स्थानहरुको पहिचानको लागि पनि महोत्सवको अयोजना गरिएको बताउनुभयो ।
...