बागलुङमा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । शनिबार बसेको एमाले र राष्ट्रिय जनमोर्चा विद्रोही समूहको संयुक्त बैठकले दुवै पक्षबीचको विगतको राजनीतिक सहकार्यलाई कायम राख्दै जनमोर्चाको विद्रोही समूहले बागलुङमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । यस्तै यस्तै बागलुङ क्षेत्र नम्बर १ को प्रदेश ख मा रहेको राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको पनि दुई पक