सुनिल केसी एफएनसीसीआई अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा सुनिल केसी मनोनित भएका छन्। उनी नेपाल-भारत उद्योग वाणिज्य

सम्बन्धित सामग्री

सात प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गरिँदै

काठमाडौं  । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)ले नेपालका सातआटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने भएका छन् । स्थानीय तथा प्रदेश सरकार र सरोकारवाला संघसंस्थासँगको सहकार्यमा यस वर्षभित्रै सातओटै प्रदेशमा उक्त सम्मेलन गर्ने सम्बन्धमा यी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।  सम्मेलन आगामी असोज दोस्रो साता प्रारम्भ गरी माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सिबिफिनका अध्यक्ष गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरूको पहिचान तथा लगानी विस्तारका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । सम्मेलन बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवर्द्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरूको प्रवर्द्धनलगायत विषयमा केन्द्रित रहने जानकारी उनले दिए । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपलिज एक्सपर्टर्स एशोसिएशनकी उपाध्यक्ष देविका बुढाथोकी, फेडेरेशन अफ कम्प्युटर एशोसिएशन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलोपटक आयोजना हुन लागेको बताए । स्थानीय र प्रदेश सरकारहरूसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यावसायिक परियोजनाहरूलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए । अर्थतन्त्रले भोगिरहेका वर्तमान चुनौती र समाधानका लागि नेपाल सरकार तथा मातहतका निकायहरूमा सुझाव पेश गर्ने, वित्तीय क्षेत्रको सुधार तथा स्तरोन्नति, ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन पुग्नेगरी प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलनले भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ ।  एनबिआईका कार्यकारी अध्यक्ष गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेश सरकारबीच साझेदारी सम्झौता, भिडियो प्रदर्शनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादनको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडेल र यसबाट प्राप्त हुने उपलब्धि, वित्तीय पहँुच, साक्षरता र बैंक तथा वित्तीय संस्थाको प्रवर्द्धनलगायत विषयमा अर्थपूर्ण छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए ।   सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र उपाध्यक्ष राजेश उपाध्यायले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नतिसहित दिगो र फराकिलो आर्थिक विकासका लागि टेवा पुर्‍याउने गरी उच्चस्तरीय सञ्जालको निर्माणका लागि सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । दुई दर्जन भन्दा बढी सरोकारवाला संस्थाहरूको साझेदारी रहने उक्त सम्मेलन आगामी असोज दोस्रो साता प्रारम्भ गरी माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढी वक्ता र करीब ३०० जना उद्यमी/व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहनेछ ।

एफएनसीसीआईको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा केसी

नेपाल-भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा सल्लाहकार नियुक्त भएका छन्।यूवा उद्यमी व्यवसायी केसीलाइ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नियुक्त गरेका हुन्। नेपाल–भारत उद्योग वाणिज्य संघले उपाध्यक्ष केसीलाई बधाइ दिएको छ।नेपाल–भारत सम्बन्ध लगायत अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धका बिषयमा जानकार व्यक्ति हुन्।नेपाल तथा अन्तर्राष्ट्रिय कूटनीतिको क्षेत्रमा निरन्तर सकृय केसी लामो समयदेखि […]