सात प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गरिँदै

काठमाडौं  । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)ले नेपालका सातआटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने भएका छन् । स्थानीय तथा प्रदेश सरकार र सरोकारवाला संघसंस्थासँगको सहकार्यमा यस वर्षभित्रै सातओटै प्रदेशमा उक्त सम्मेलन गर्ने सम्बन्धमा यी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।  सम्मेलन आगामी असोज दोस्रो साता प्रारम्भ गरी माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सिबिफिनका अध्यक्ष गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरूको पहिचान तथा लगानी विस्तारका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । सम्मेलन बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवर्द्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरूको प्रवर्द्धनलगायत विषयमा केन्द्रित रहने जानकारी उनले दिए । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपलिज एक्सपर्टर्स एशोसिएशनकी उपाध्यक्ष देविका बुढाथोकी, फेडेरेशन अफ कम्प्युटर एशोसिएशन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलोपटक आयोजना हुन लागेको बताए । स्थानीय र प्रदेश सरकारहरूसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यावसायिक परियोजनाहरूलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए । अर्थतन्त्रले भोगिरहेका वर्तमान चुनौती र समाधानका लागि नेपाल सरकार तथा मातहतका निकायहरूमा सुझाव पेश गर्ने, वित्तीय क्षेत्रको सुधार तथा स्तरोन्नति, ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन पुग्नेगरी प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलनले भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ ।  एनबिआईका कार्यकारी अध्यक्ष गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेश सरकारबीच साझेदारी सम्झौता, भिडियो प्रदर्शनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादनको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडेल र यसबाट प्राप्त हुने उपलब्धि, वित्तीय पहँुच, साक्षरता र बैंक तथा वित्तीय संस्थाको प्रवर्द्धनलगायत विषयमा अर्थपूर्ण छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए ।   सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र उपाध्यक्ष राजेश उपाध्यायले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नतिसहित दिगो र फराकिलो आर्थिक विकासका लागि टेवा पुर्‍याउने गरी उच्चस्तरीय सञ्जालको निर्माणका लागि सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । दुई दर्जन भन्दा बढी सरोकारवाला संस्थाहरूको साझेदारी रहने उक्त सम्मेलन आगामी असोज दोस्रो साता प्रारम्भ गरी माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढी वक्ता र करीब ३०० जना उद्यमी/व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहनेछ ।  

सम्बन्धित सामग्री

लचिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउनु पर्छ : अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुका धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन्।अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै  ‘हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौं।’ अर्को कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह भएको उनले बताए। उनले अर्थतन्त्रमा शिथिलता देखिएको बताए। उनले भने,  &

मुलुक आर्थिक मन्दीमा फँस्यो, राजश्व संकलन नै ऋणात्मक हुन थाल्योः विनोद चौधरी

काठमाडौं। उद्योगपति एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले तथ्याङ्क विभागको आर्थिक वृद्धिदरको प्रक्षेपणले मुलुक आर्थिक मन्दिमा फेसेको निश्चित भएको बताएका छन्। आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै सांसद चौधरीले दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु भनेको आर्थिक मन्दीमा जानु बुझ्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै भएको बताए।

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो । आज आयोजित पत्रकार […]

‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ हुने

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा वृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा शिखर सम्मेलन आयोजना हुने भएको […]

नेपाल व्यवसाय शिखर सम्मेलन हुँदै

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)को संयुक्त आयोजनामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ कार्यक्रम हुने भएको छ । विभिन्न संघीय मन्त्रालयहरूको समेत साझेदारीमा...

देखापढी विजिनेश न्युज

काठमाडौं। सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल विजिनेश इन्स्टिच्युटले संयुक्त रुपमा नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३ आयोजना गर्ने भएका छन्। उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आएपछि किसान चिन्तित बनेका छन्। क्लासिक टेक पब्लिक कम्पनीमा रुपान्तरण हुने भएको छ। चन्द्रागिरी हिल्सबाट पर्यटन उद्योगमा प्रवेश गरेको आईएमई ग्रुपले यसवर्ष मात्रै दुईहोटल स्वामित्वमा लिएर सञ्चालन गर्न थालेको छ।

नेपाल व्यवसाय शिखर सम्मेलन हुने

काठमाडौं । नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा अन्तराष्ट्रिय ढाँचामा शिखर सम्मेलन आयोजना हुन लागेको हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनका लागि बुधबार सिबिफिन र एनबिआईबीच […]

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुँदै

आगामी वैशाख २४ गते ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ विषयक नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आयोजना हुने भएको छ । नेपाल सरकार, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा सञ्चालन हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ ।