काठमाण्डाै – चालु आर्थिक वर्षको चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म एक हजार वटा भन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्म एक हजार १८ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका हुन् ।
गएको आर्थिक वर्षमा कुल १८ सय ७ वटा विद्युतीय गाडी भित्रिएकोमा यो वर्ष चार महिनामै एक हजार १८ वटा गाडी आयात भएका हुन् । गत वर्षको पहिलो चार महिनामा जम्मा ६ सय ७३ वटा विद्युतीय गाडी आयात भएका थिए ।
विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको भन्द...