सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् ।
इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् ।
दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ ।
सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै जाँदा सेवा प्रवाहमा सहजता भई सुशासन कायम भएको बताए ।
‘सूचना प्रविधिकै विकासले दुर्गम स्थानीय तहका सरकारी तथ्यांक सु...