शेर्पाको सहयोगबिना पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि आरोहण

काठमाडौं, जेठ ३ ।  पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् । सेभेन समिट ट्रेक्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए । […]

सम्बन्धित सामग्री

मौसमले साथ नदिएपछि ८२ वर्षीय कार्लोस धवलागिरि आरोहण नगरी फर्किए

धवलागिरि प्रथम (८१६७ मिटर) आरोहण गर्न पहिलो क्याम्प उक्लिएका ८२ वर्षीय स्पेनी नागरिक कार्लोस सोरिया फोन्टेन मौसमले साथ नदिएपछि त्यसै फर्किएका छन् ।

आधार शिविरमै रोकिए धवलागिरि हिमाल आरोही

म्याग्दी । खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरू आधार शिविरमा पुगेर रोकिएका छन् । ८२ वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् । कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका ८ हजार मिटर अग्ला १२ ओटा हिमालको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । यी सबै हिमाल उनी ६० वर्षदेखि ८२ वर्षसम्मको २२ वर्षको समयावधिमा आरोहण गरेको बताइएको छ । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस २ दशकयता ११औं पटक आरोहण गर्दा पनि धवलागिरिको शिखरमा पुग्न सकेका छैनन् । यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही गत भदौ २८ गते म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प पुगेका थिए । धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकोप्टरबाट बेसक्याम्प पु¥याइएको थियो । रासस