बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

बर्दिया । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् । स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा […] The post बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘थारू नभएको भए रेशमलाई राज्यले जेल हाल्थ्यो ?'

चुनावमा विजयी एउटा नेता औधी खुसी हुन्छ, तामझामसहित विजय र्‍याली निकाल्छ । तर, बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्य चुनिएका लालवीर चौधरीलाई भने जितले खुसी दिन सकेको छैन । पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर जितेका लालवीरलाई छोराको चिन्ताले गाँजेको छ । उनका छोरा रेशम चौधरी टीका...

रेशम चौधरीको उम्मेदवारी रद्द भएपछि बर्दिया २ बाट रेशमको बुवा लड्दै

कैलाली । रेशम चौधरीको उम्मेदवारी रद्द भएपछि अहिले बर्दिया २ बाट नागरिक उन्मुक्ति पार्टीले उनका बुवालाई उम्मेदवार बनाउने भएको छ । मनोनयन दर्ता गर्दा नै रेशम चौधरीलाई पार्टीबाट र उनका बुवा लालवीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवार बनाइएको थियो । अहिले रेशम चौधरी निर्वाचनमा होमिन नपाउने भएपछि उनका बुवालाई उम्मेदवार बनाइएको नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले जानकारी […]

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

२५ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । ७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान […]

‘रेशम चौधरी, लक्ष्मण थारूलाई चुनाव लड्न कानुनले रोक्दैन’

आगामी मंसीर ४ मा प्रदेश तथा संघीय निर्वाचनका लागि उम्मेदवारहरू आआफ्नो आकांक्षा व्यक्त गर्दैछन् । केहीले त प्रचार समेत थालिसके । उता टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका सांसद रेशमलाल चौधरी पनि संघीय चुनाव लड्न आंकाक्षी छन् । रातोपाटीसँगको एक भलाकुशारीमा आफू बर्दिया–२ बाट संघीय चुनाव लड्न इच्छुक रहेको उनले बताएका थिए । टीकापुर घटनामा दोषी ठहर भई हाल अर्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् । के टीकापुर घटनामा जन्मकैदको

बर्दिया २ बाट रेशम चौधरी र कैलाली १ बाट रन्जिता श्रेष्ठको चुनाव लड्ने तयारी

कैलाली । आगामी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । उनले बर्दिया २ का प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरिरहेका हुन् । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरी बर्दिया २ र आफू कैलाली १ बाट उम्मेदवारी दिने तयारी गरिरहेको बताइन् । […]

प्रतिनिधिसभा सदस्यमा बर्दिया–२ बाट रेशम चौधरीले उम्मेदवारी दिने

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरी पनि उम्मेदवार बन्ने बताएकी छन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको अध्यक्ष श्रेष्ठले बताइन् ।हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यसबारे छलफल गरेको र उम्मेदवार बन्न कानुनी अड्चन नरहेको भन्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । रेशम उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन