जनताको जीवनस्तर बदल्ने संकल्प गठबन्धनको छः खाँण

गृहमन्त्री एवम् नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताएका छन् ।सत्तारुढ गठबन्धनले जनताको जीवनस्तर बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उनको भनाइ थियो । शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देही भेलामा बोल्दै उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत

सम्बन्धित सामग्री

घोषणापत्र नबनोस् झुटको खुला पत्र

चुनावी घोषणापत्र देश विकासको पूर्व मार्गचित्र हो। जनताको जीवनस्तर उकास्ने र हक अधिकार स्थापित गर्ने संकल्प हो।...

घोषणापत्रमा ‘डिजिटिल रामपुर’ बनाउने प्रतिबद्धता

पाल्पा । रामपुर नगरपालिको प्रमुखको उम्मेदवार बनेका नेकपा एमालेका शिव अर्यालले नगरपालिकालाई ‘डिजिटिल रामपुर’ बनाउने प्रतिबद्धता घोषणापत्रमार्फत गरेका छन् । ‘रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने होइन,’ उनले उल्लेख गरेका छन्, ‘घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याइएको छ । नगर प्रमुख पदमा निर्वाचित भएमा नमूना डिजिटल रामपुर बनाउने मेरो संकल्प छ ।’ नरगभित्रका केही वडा कार्यालय भाडाका घरमा रहेकाले त्यसको व्यवस्थापन पनि आफुले गर्ने उनले बताएका छन् । प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उनको प्रतिबद्धता छ । विकासका पूर्वाधारलाई स्तरोन्नति गर्ने, अधुरा कामलाई पूरा गर्ने, अबको ५ वर्षभित्र रामपुरलाई समुन्नत र नमूना नगर बनाउने योजना उनले बनाएका छन् । रामपुर नगरपालिकाको समग्र विकास गरी नागरिकको जीवनस्तर उकास्ने एजेण्डा लिएर नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार रमणबहादुर थापा पनि मैदानमा छन् । उनी यसअघि २०७४ सालको चुनावमा पनि मेयरमा विजयी भएर नगरप्रमुख भइसकेका उम्मेदवार हुन् । ‘अघिल्लो निर्वाचनमा पनि मलाई यहाँका मतदाताले नगर प्रमुख पदमा विजयी गराउनुभयो,’ उनले भने, ‘५ वर्षको अवधिमा हामीले त्यतिबेला घोषणापत्रमार्फत गरेका प्रतिबद्धता करीब ९० प्रतिशत सम्पन्न गरेका छौं ।’ उम्मेदवारहरूले एक वर्षभित्र सडकमा हिलोरहित रामपुर नगर, स्वरोजगार कार्यक्रम, कृषिमा एक नगर एक विशेष उत्पादन कार्यक्रम, नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रवर्द्धन, एक वडा एक उद्यान कार्यक्रम लगायतका पूर्वाधार निर्माण गर्ने बताइरहेका छन् । रासस

पनौती कांग्रेसको संकल्प पत्र सार्वजनिक

काभ्रे, पनौती । नेपाली काग्रेस पनौती गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा आधुनिक र व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेको छ । गरिब नागरिकको जीवनस्तर उकास्नका लागि गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै यो नगरमा धेरै कृषक वसोबास गर्ने भएकोले कृषिलाई पनि प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने पनौती कांग्रेसले जनाएको छ । आइतबार पनौतीमा आयोजित […]