भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् । फलोअर्स बृद्धिमा नाटकीय गिरावट आएको भन्दै त्यसतर्फ उनले ट्विटरको ध्यानाकर्षण गरेका हुन् ।ट्विटरका सीइओ पर्ग अग्रवाललाई पठाएको एउटा पत्रमा गान्धीले आफ्ना फलोअर्स सन् २०२१ देखि नाटकीय ढंगले घटेको अवगत गराएका छन् । सन् २०२१ को मेमा आफ्ना झन्डै ६ लाख