बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य

लन्डन । बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो । यसैबीच, कर्मचारीका ६ ओटा युनियनले भाइरस नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग […]

सम्बन्धित सामग्री

कतारस्थित दूतावासले नेपालीलाई गर्यो यस्तो आग्रह

कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो । ‘कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने  ६ वर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरी बन्द सार्वजनिक स्थलमा फेस मास्क अनिवार्य गरिएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

लण्डन– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् । यसअघि प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका […]

ओमिक्रोन भेरिएन्टकाे डर, बेलायतले गर्‍याे फेसमास्क अनिवार्य

कोरोना भाइरस (कोभिड–१९) रूप बदलेर फैलिन थालेपछि बेलायतमा मास्क लगाउन अनिवार्य गरिएको छ । काेराेनाकाे पहिलाे र दाेस्राे लहरताका पनि फेस मास्क अनिवार्य गरिएकाे थियाे

टोकियो ओलम्पिकमा १० हजार घरेलु दर्शकलाई अनुमति, संक्रमण बढे बिना दर्शक खेल?

टोकियो ओलम्पिकमा १० हजार जापानी दर्शकहरुले स्टेडियम प्रवेशको अनुमति पाउने भएका छन्। विदेशी समर्थकलाई भने यसअघि नै निषेध गरिएको हो। त्यस्तै, खेल भेन्युको ५० प्रतिशत दर्शकलाई मात्र अनुमति दिइने बताइएको छ। त्यस्तै, दर्शकलाई ठूलो स्वरमा कराउन र हुटिङ गर्न अनुमति छैन भने दर्शकहरुलाई फेस मास्क अनिवार्य गरिएको छ। ओलम्पिक २३…

फेस मास्क नलगाएको भेटिए 300 रुपियाँ जरिमाना

गान्तोक, तेस्रो चरणको लकडाउनमा केही प्रतिबन्धहरू हटाइए तापनि फेस मास्क भने अनिवार्य गरिएको छ। राज्य सरकारले आपदा प्रबन्धन ऐनअन्तर्गत सार्वजनिक ठाउँहरूमा फेस मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको छ। कसैलाई पनि मास्क नलगाएको ...