प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ रहने नरहने विषयमा न्यायाधीशले नै स्वविवेक प्रयोग गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताएका छन् ।
संवैधानिक इजलासमा श्रेष्ठ रहने कि नरहने भन्ने विषयमा सरकार पक्षको बहस सकिएपछि प्रधानन्यायाधीश श्रेष्ठले श्रीमानहरूले स्वविवेक प्रयोग गर्ने भन्दै इजलासबाट उठेका थिए ।
महान्यायाधीवक्ता कार्यालयका तर्फबाट अन्तिममा सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले बहस गरेका थिए ।
नेकपा विभाजनको फैसला गरेका न्या...